स्वभावैले पनिमानिस आफ्नो बर्कतले भ्याए सम्म धेरै भन्दा धेरै आयआर्जन गर्न चाहन्छ । उसको लक्ष्य नै अरु भन्दाआफुले कसरी आम्दानीमा बृद्धि गर्न सकन्छ भन्ने कुराको खोजीगर्दछ । कुनैपनि व्यवसायबाट आयआर्जन तथालाभवाअधिकतममुनाफाको आधार पनिहो । मानिको जिविकाको आधार भनेको उद्यमहो । मुनाफात्यो बेला सम्भव हुन्छ जुन गुणस्तरीय बस्तुको उत्पादनतथा सेवासँग बढी सम्वन्धितभएर बजारमा आउँछ । जो कोहिपनिउद्यमीबन्नकालागि ज्ञान सीप श्रम पूँजीजमिनतथाप्रविधि, समय, लगानी सहितबजारको प्रतिस्पर्धा समेतलाई ध्यानमा राखि अगाडी बढाइरहेको हुनु पर्दछ ।

कुनैपनिउद्यम÷व्यवासायहरु सञ्चालनगर्नका लागि सोच मात्रभएर पुग्दैन उ सँग क्षमता,तथा गुण दुवैहुन जरुरी हुन्छ । यस्तो ज्ञान नभएको खण्डमा कुनैपनिउद्यम धरासयीहुने सम्भावना हुन्छ । मानिसले जे कामगर्दा पनिसम्वन्धितकामको समग्र पक्षको बारेमाबिश्लेषण गर्दै सहि निर्णय लिन सक्नुपर्दछ । व्यवसाय सञ्चालनगर्नका लागि केहि नभै नहुने बिषयहरु पनि छन् जस अन्र्तगतसबैभन्दापहिलाउद्यमीले आफ्नो ईच्छा शक्तिलाई आत्मसातगर्दै अगाडी बढाउनु नै बुद्धिमानि हुन्छ ईच्छा भनेको अर्काले गरेको देखेर व्यवसायगर्न मन लाग्नुहो व्यवसाय गर्छु भनेर मन लागेर मात्रहुदैन यसरी नतलक्ष्य नै पूर्ण हुन्छ ।यसकालागि धेरै कुराको चाँजोपाँजो मिल्नुपर्दछ । सँगसँगै उक्तउद्यम सञ्चालनकालागिआफ्नो चाहनालाई स्थायी रुपमा अडिग बनाउनु बुद्धिमानी हुन्छ । चाहनाभनेको मन देखि काम गरौं गरौं लाग्नुहो । उद्यमव्यवसाय सञ्चालनगर्नका लागि अझै नभै नहुने पक्षभनेको जहाँजुनव्यवसायगर्नका लागिहामीतयार हुन्छौं त्यो पक्षवाव्यवसायकासबै भन्दापहिलाआफ्नो घरपरिवारमा घनिभूत रुपमा छलफल गर्दै तयारीका साथ अगाडी बढ्नुपर्दछ । व्यवसाय सञ्चालनकर्ताको रुपमाजो व्यक्ति रहन्छ उ विभिन्न कारणले गर्दा आफ्नो व्यवसाय छोडेर बाहिर कतै जानसपर्ने अवस्थामावागएको खण्डमा घरपरिवारले उक्तव्यवसायहरुलाई सफलताका साथउसको घरका अन्य सदस्यले कुशलतापूर्वक सञ्चालनगर्न सक्ने र सहयोग गर्न सक्ने अवस्थामा राख्नुपर्ने कारणले पनि परिवारको सहयोगको आवश्यकता पर्दछ । अर्काको भरमा गरेको व्यवसायदीगो रुपमाचल्न कठिन हुन्छ ।व्यवसाय सञ्चालनगर्नका लागिआधारभूत रुपमाआवश्यक कुराहरु मध्ये वातावरणीय पक्षपनिहो । व्यवसायको प्रकृति हेरी उक्त स्थलमाआवश्यक पर्ने बत्ति, हावापानि, भौतिकपूर्वाधार, बजार जस्ता पक्षको विश्लेषण गर्नु पनिउपयूक्त मानिन्छ । व्यवसाय सञ्चालनगर्दा विविधपक्षहरुको ख्यालनगर्दा धेरै भन्दा धेरै पक्षहरुको अनावश्यक रुपमा समस्याझेल्नु भन्दापहिला नै उक्तपक्षहरुमाआधारभूत रुपमाख्यालगर्दै जानु राम्रो मानिन्छ । व्यवसायले मानिसहरुकाविविधपक्षहरुसँग साइनो गाँसेको हुन्छ यसो भएको हुँदाजहाँवाजुन स्थानमाहामीले हाम्राव्यवसायकाकार्यहरु सञ्चालनगर्दछौं प्रत्यक्ष रुपमाउक्त क्षेत्रसँग सम्वन्धितभई साँस्कृति रुपमाउक्तपक्षले पार्ने प्रभावहरुकाबारेमा समेत ख्यालगर्दै व्यवसायलाई पहिल्याउनु पर्दछ । यस्तो बिषय सुन्दा सानातिनाबिषय जस्तोलाग्नु स्वभाविकै हो तर यसले पछि गएर बिकराल रुप लिनसक्दछ र पछि व्यवसाय नै सखापहुने खतरा बढ्न सक्दछ ।हुनतव्यवसायउद्यमहरु सञ्चालनगर्दा व्यवसायिक योजनाबनाएर मात्रगरिएका धेरै उदाहरणहरु पाईन्छन तरपनियसले समग्र पक्षको बिश्लेषण समेत गरेको हुन्छ । व्यवस्थित रुपमा यसरी कार्यहरु सञ्चालनगर्दा नाफातथा घाटा समेतको यसले विश्लेषण समेत गरेको हुन्छ नै तर पनि स्थानीय रुपमा यस्ता पक्षहरु पनि हुन्छन जसमा धेरै बिचार गर्नुपर्ने हुन्छ । त्यसैले कुनैपनिब्यक्तिवा सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई ऋण लगानीगर्दा होस वा शेयर सदस्यहरुले आफ्नो उद्यमतथाव्यवसायहरु सञ्चालनगर्दा होस व्यवसायिको व्यवसाय सञ्चालनगर्ने ईच्छा, चाहना, पारिवारीक सहयोग,स्थानीय साँस्कृतिकपक्षको विश्लेषण, वातावरणीय पक्ष, तथानाफा नोक्सान र प्रविधिकापक्षहरुलाई समेत ख्यालगर्दै ऋण लगानी, व्यवसाय केन्द्रितगर्दै अगाडी बढाउन सकेको खण्डमा उपर्यूक्त हुन्छ ।

सहकारी उद्यम सदस्यमूखितथा सेवामूखीवाजनमूखी नै हो । मुनाफाबिना यस्ता व्यवसायहरु दीगो हुन सक्दैनन । त्यसैले यस्तो व्यवसायमान्योचितव्यसाय, गुणस्तरीयता, वस्तु तथा सेवाउत्पादन र नैतिकता जस्ता बिषयमातल्लिन रहनु पर्दछ । सहकारी संस्थाहरुले बिभिन्न क्षेत्रमाविभिन्नव्यवसायहरु सञ्चालनगर्न र गराउनआफ्ना शेयर सदस्यहरुलाई प्रोत्साहनगर्नुपर्दछ ।आफ्ना वरीपरीको सामाजिक, आर्थिक, साँस्कृतिकतथाप्राविधिकपक्षहरुलाई ख्यालगर्दै आफ्ना कार्य क्षेत्र भित्र कृषि, उद्योग, बैंकिंग, शिक्षा, स्वास्थ्य, यातायाततथा सूचनातथा सञ्चारका क्षेत्र फराकिलो हुन सक्छ । शेयर सदस्यहरुको ज्ञान, खुबी, दख्खलअनुभव जस्ता पक्षहरुको ख्यालगर्दै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई सहि बाटो देखाउनकालागिमार्ग प्रशस्तगर्दै दीगो रुपमा अगाडी बढाउने मन्त्रदिन सक्नुपर्दछ । मानिसहरुले विभिन्नखालका स्वभावका कारण व्यवसायमाहातहाल्ने कोशिसगर्दछ जस अनुसार उसको पुर्खाले गर्दैआइरहेको उद्यमव्यवसायकाआधार, गरीहेरौ भै हाल्छ भन्ने सोच, विभिन्नतालिमतथा प्रशिक्षणका दौरानआउने सोच अन्य क्षेत्रमाभएकावागरिएकाव्यवसायकाप्रकृतिकाआधारहरुमाआफ्नो व्यवसायहरु सुरु गर्न चाहेका धेरै उदाहरणहरु छन् ।

नेपालमा सहकारी संस्थाहरुले गर्ने गरेका केहि उद्यमव्यवसायहरु स सानाखालका नै भएको पाईन्छ । संयूक्त राष्टसंघ ब्यापार तथाविकास परिषदले कर्मचारी संख्याकाआधारमाव्यवसायलाई वर्गिकरण गरेको पाईन्छ । जस अनुसार १९ जना सम्मको कर्मचारीहरु रहेर कार्य गर्न सक्ने अवस्थाको व्यवसायलाई लघु तथा धेरै सानो, २० देखि १०० जना सम्मको व्यवसायलाई सानो, १०१ देखि ५०० जना सम्मकर्मचारी भएको मझौलातथा ५०० भन्दा बढी कामदार भएको व्यवसायलाई ठूलो व्यवसायको रुपमाबर्गीकरण गरेको छ ।व्यवसायलाई पनिआर्थिक उन्नतीको दृष्टिकोण्णबाट पद्धतीको हिसावले बर्गीकरण गरेको पाईन्छ । जस अनुसार व्यवसायिमाथिप्रतिवन्ध गरेको हिसावले निजि क्षेत्र, व्यवसायिमाथि सरकारको स्वामित्व रहेको सार्वजनिक(सरकारी ) क्षेत्र तथा सहकारी क्षेत्रहरुलाई बर्गीकरण गरेको पाईन्छ ।

व्यवसाय ÷उद्यम र सहकारी बीचको सम्वन्धमाथिउल्लेख गरिए अनुसार धेरै रहेको प्रष्टै हुन्छ । आर्थिक अवस्थाका कारण मानिसहरुले आफुले सोचेको जस्तो धेरै क्रियाकलापहरु गर्न पाइरहेका हुदैनन् । कुनै पनिकार्यहरु सञ्चालनगर्नका लागिप्रयाप्तपूजीपहिलो आवश्यकता नै हो । अनुभव छ काम गर्छु भन्दापनिआधारभूत रुपमाकामगर्नका लागि पैसाको जोहो गर्न नसक्दामनमालागेका अनगिन्तिकामहरु समयमा नै हुन सक्दैनन र मन भित्रको आफ्नो विश्वास नै मरेर जाने सम्मको अवस्थासिर्जना भई मान्छे कुण्ठित हुनपुग्छ । भनेको बेलामा सजिलै आफ्ना शेयर सदस्यहरुलाई विस्वासकाआधारमा ऋण प्रदानगर्नका लागिअन्य बैंक तथाबित्तिय संस्थाहरु भन्दासहकारी संस्था सबै भन्दा सजिलो माध्यमहो । सहकारी संस्थाभित्र धेरै सदस्यहरुले यसको प्रत्यक्षफाइदा समेत लिइरहेको धेरै उदाहरणहरु पाईन्छन् । व्यवसाय सुरु गर्नका लागिवा सुरु भैसकेपछि पनित्यसको समुचितउपयोग तथाप्रयोग र सञ्चालनका समयमा सेवातथाव्यवसायविस्तारमा सहकारी संस्थाले सहयोग गरेको पाईन्छ ।सहकारी संस्थाले पनिव्यवसायप्रकृतिकाआधारमा ऋण लगानीगर्नका लागिअवसरको रुपमा स्विकार गरीरहेको पाउँदछौं किनभने यस्ता खालकालगानीमा संस्थापनि सुरक्षितहुने सम्भावना बढी नै देखिन्छ । अधिकांशशेयर सदस्यहरुले ऋण लिंदा उद्देश्यहरु जे सुकै राखेपनि रकमअन्यत्रै खर्च गरेको र ऋणको किस्तातथा साँवाभूक्तानीमा धेरै समस्याहरु पर्दै गएको धेरै उदाहरणहरु देखिन्छन् सहकारी संस्थाले व्यवसायको क्षेत्रमालगानीगर्दा उक्तव्यवसायको व्यवसायिक योजना सहितउसको आफ्नो लगानीतथा सहकारीबाट लिएको ऋणको समेत योगदान सहितको विश्लेषण गरेको हुन्छ । त्यसैले सहकारी संस्था स्थानीय स्तरमा स्थानीयब्यक्तिहरु मार्फत नै सञ्चालनभइआफ्नो कार्य क्षेत्रभित्रमात्रकार्य गरिरहेका कारण पनि एक अर्कामाविस्वास तथाजिम्मेवारी समेत बलियो हुने कारण पनिलगानीको सुनिश्चितताभई सहकारी तथाव्यवसायिहरुलाई दुवै विस्वासिलो आधार सहकारी नै हो भन्ने हो । सहकारीको कार्य क्षेत्र भित्र रहेर व्यवसाय सुरु गरिसकेपछि उक्तव्यवसायको सेवालिन र सदस्यहरु बीच समुचित सम्वन्ध सुधार गर्दै व्यवसायलाई मुनाफा सहितको व्यवस्थामिलाउन शेयर सदस्यतथा सहकारी संस्थाको पुरै टिम नै सक्रिय रहने र अपनत्व ग्रहण समेत गर्नका लागितयार रहने कारणले गर्दा पनि सहकारी र व्यवसाय एक अर्काका पुरक हुनभन्न सकिन्छ । त्यसैले सहकारीमा आबद्ध शेयर सदस्यहरुले आजै देखि व्यवसायमूलक ऋण उपयोग गर्दै आफु र आफ्ना सन्ततीको भविस्यलाई सुनिश्चितगर्नका लागिव्यवसाय सुरु गरौं र सहकारीले समेत व्यवसायलाई पहिलो प्राथमिकतामा राखिआफ्ना शेयर सदस्यको उन्नतीतथाप्रगतीकालागि योजनानिर्माण गरौं भन्ने आधारमा सहकारी संस्था सञ्चालनमाआउनु पर्दछ ।

Share This