Objectives

  • सामाजिक उत्तरदायित्व निर्वाह गर्दै असल, नैतिकवान र समृद्ध समाज निर्मा णमा योगदान पुर्याउने ।
  • उत्त्पदनसिल , आयमूलक, सीपमूलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवद्र्धन गर्ने ।
  • संस्थाका सदस्यहरुबीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको अभिबृद्धि गर्ने बानीको विकास गर्न सहयोग पुर्याउने ।
  • सदस्यहरुको आय आर्जन क्षमतामा बृद्धि गर्नका लागि सदस्यहरुको सेवा सुबिधा र प्रतिष्पर्धात्मक बजार समेतलाई ख्याल गर्दै यस सहकारी संस्थाले देहाय बमाजिमका बचत तथा कर्जा सापटी योजनाहरु अगाडि ल्याएको छ ।आवश्यक सहयोग र निक्षेप तथा कर्जा सापटी योजनाहरु जानकारी उपलब्ध गराउने ।
  • सदस्यहरुको आर्थिक उपार्जनमा सहयोग पुर्याउने किसिमका बिभिन्न क्रियाकलापहरु संचालन गर्ने ।
  • समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय संगठनहरुसँग समन्वय र सहकार्यमा बिभिन्न कार्यक्रम तथा योजनाहरु संचालन गर्ने ।
  • स्थानीय सरकार, विषयगत कार्यालय तथा अन्य संघसंस्थाहरुसँगको सहकार्यमा संस्था एवम् सदस्यहरुको हक हित सम्बन्धी कार्य गर्नुका साथै बिभिन्न आय आर्जन सम्बन्धि परियोजनाहरु संचालन गर्ने ।
  • समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहहरुलाई आर्थिक सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
  • सदस्यहरुका लागि स्वास्थ्य उपचार, प्राकृतिक प्रकोप, नवजात शिशु तथा सुत्केरी, सदस्य मृत्यु लगायतका असहज अवस्थालाई सहयोग पु¥याउन विभिन्न राहत सहयोग कार्यक्रमहरु संचालन गर्ने ।
  • लघुउद्यमी समूहहरु गठन र परिचालन गरी आयआर्जन तथा सिपमूलक कार्यहरुका लागि सहयोग उपलब्ध गराउने ।
  • सहकारी स्कूल तथा कलेज स्थापना र संचालन गर्ने, बिभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गर्ने ।
  • सहकारी अस्पताल संचालन गर्ने, स्वास्थ्य शिविरहरु संचालन गर्ने ।
  • कृषक सदस्यहरुका लागि पशुविमा तथा बाली विमा कार्यक्रमहरु संचालन गर्ने ।
  • कृषि तथा पशुविकास सम्बन्धी कार्यहरु गर्ने तथा कृषि औजार, बिउबिजन, औषधी मलखादको ब्यवस्थापनका लागि आबश्यक कार्यहरु गर्ने ।
  • प्रशोधनका कार्यहरु गर्ने र विक्रीका लागि उचित बजार
    व्यवस्थापन गर्ने |
  • घर जग्गा खरिद बिक्री तथा हाउजिङग, आवाश सम्बन्धी
    कार्य गर्ने|
Share This